हेमजा भेट्रान्स  कप: वडा ६, १० र २५  क्वाटरफानलमा प्रवेश

पाेखरा | असार ३, २०८१

हेमजा भेट्रान्स  कप: वडा ६, १० र २५  क्वाटरफानलमा प्रवेश

हेमजा:   हेमजा यूनाइटेडको आयोजना जारी अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ को दोस्रो दिन ३ खेल सम्पन्न भएको छ । 
 

 

वडा  ६ ले वडा१५ लाई २–०  गोल अन्तरले पाराजित गर्दै अन्तिम आठमा स्थान बनायो ।

 

यस्तै वडा १० ले  वडा २० लाई ३–१ गोलले हरायो । वडा २५ ले वडा २९ लाई ५–२ को गोल अन्तरले पराजित गर्दै वडा न ६, १० र २५ क्वाटरफाईनलमा प्रवेश गरेको हो ।

 

असार  ७ गतेसम्म चल्ने अन्तर वडास्तरीय  हेमजा भेट्रान्स कप २०८१ को प्रथम पुरस्कार रु १ लाख १ हजार १ सय ११ र द्धितिय पुरस्कार ५५ हजार ५ सय ५५ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमणपत्र रहेको छ ।

 

साथै सर्वोकृष्ट खेलाडीलाई नगद रु ५ हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिलडर, फरवार्डलाई प्रत्यक विधामा नगद रु २ हजार साथमा ट्रफी प्रदान गरिने छ  ।
 

 

क्वाटरफाईनल देखिका खेलहरुमा म्यान अफ दि म्याच घोषित गरि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ  ।                             

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्